नियम ३०
वायुयानको पार्टपूर्जा आयात, निर्यात, संचय तथा बिक्रंी वितरण गर्ने संस्था एजेन्ट सम्बन्धी व्यवस्था
ः
(१) प्रचलित कानून बमोजिम वायुयान र वायुयानको पार्टपूर्जा आयात, संचय तथा बिक्री वितरण गर्ने संस्था वा त्यस्तो संस्थाको एजेन्ट लिई व्यवसाय सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले त्यस्तो कार्य गर्ने अनुमतिको लागि महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि महानिर्देशकले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई वायुयानको पार्टपूर्जा आयात, निर्यात, संचय तथा बिक्री वितरणको व्यवसाय सञ्चालन गर्न वा त्यस्तो संस्थाको एजेन्ट भई व्यवसाय सञ्चालन गर्न एनेक्स तथा
म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा अनुसूची–१ मा उल्लिखित शुल्क लिई अनुमति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिईएको अनुमतिको अवधि बढीमा एक आर्थिक वर्षको हुनेछ र अवधि समाप्त हुनु अगावै अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क तिरी नवीकरणको लागि महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिम अनुमति एवं नवीकरणको लागि महानिर्देशक समक्ष दिने दरखास्तको ढाँचा तथा सो सम्बन्धी अन्य विवरण र कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।